हङकङ र बहराइनको खेल रद्द हुँदा नेपाल सुपर-३ मा

काठमाडाैं | जेठ २, २०८२

हङकङ र बहराइनको खेल रद्द हुँदा नेपाल सुपर-३ मा

काठमाडौंः   नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। 


शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि नेपाल र हङकङको समान ५ अंक भएपनि नेपाल बढी जितका कारण अगाडि बढेको हो। नेट रनरेटमा भने नेपालभन्दा हङकङ अगाडि थियो। 


नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो। नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो। 


९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्। समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्। 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्